सम्बत्ः २०८२ सालको वार्षिक राशिफल


mesh1
मेष राशि
(चू चे चो ला ली लू ले लो अ) 

तपाँइका ग्रहगोचर सामान्य छन्। बृहस्पतिले राशि परिवर्तन गरिरहने हुनाले यस वर्ष मिश्रित फलप्रदान गर्ने देखिन्छ। सामान्यतया अपव्ययकारक योग रहेको हुनाले खर्चमा नियन्त्रण गर्नुपर्ला। वर्षभरि नै आद्यसाढेसाती शनिको दशा रहने हुनाले व्यावहारिक समस्या, स्वास्थ्य बाधा, अपव्यय, रोगशोक आदिको स्थिति पनि आउन सक्ने हुनाले संयमित जीवनयापन गर्नुपर्ला। दाम्पत्य जीवनमा एक अर्काको परस्पर सहयोगले आर्थिक र व्यापारिक सफलता पाइएला। विद्यार्थी बर्गलाई विशेष परिश्रमले मात्र आंशिक सफलता मिल्ला । जागिर जीवनमा निकै यात्रा गर्नुपर्ला। सरुवा आदिको झमेला पनि पर्ला। कृषक र श्रम सम्बन्धी जागिर जीवीहरू प्रायः सन्तोषित रहलान्। वैदेशिक रोजगारमा झमेलाको सामना गर्नुपर्ने हुन सक्ला । केतुको अनुकूलताले कहिलेकांही निकै लाभ पनि पाउन सकिएला। जेठ, असार र पुष महिनामा विशेष सावधान हुनुपर्लाअन्य शुभ छन् 

brish2
वृष राशि
(ई ऊ ए ओ बा बी बू बे बो

तपाँइका ग्रहस्थिति राम्रै जस्ता छन्, दास्रो स्थानको गुरुले कुनै यशस्वी कार्य गराउला । एकादश शनिको अनुकूलताले सामाजिक कार्यमा सफलता मिल्ला । धन प्राप्तिका बाटाहरू पहिल्याउन सकिएला। न्यायालय सम्बन्धी विवादमा विजय मिल्ला । सावधानीपूर्वक गरेमा कार्य सफल होलान्। दाम्पत्य जीवन सुखद रहला, तर परिवारिक कलहले मन खिन्न हुन जाला। मातृपक्षमा कुनै हानि हुनसक्ने संभावना रहला । जग्गा जमिन वा वाहन आदिबाट पनि केही तनावको स्थिति आउला। विद्यार्थीवर्गले विशेष परिश्रमपूर्वक अध्ययन गरेमा सफलता मिल्ला । व्यवसायी-कारोबारीहरूलाई भने मनग्गे लाभ पाइने देखिन्छ । शेयर कारोबारमा पनि आंशिक लाभको अवस्था रहला। घरमा कुनै माङ्गलिक कार्यको आयोजन पनि हुन सक्ला । असार र माघ महिना विशेष फलदायी हुने देखिन्छ भने जेठ, साउन र कार्तिक महिनामा सावधान रहनुपर्ला ।

mitun1
मिथुन राशि
(का की कू घ ङ छ के को हा

तपाइँका ग्रहगोचर राम्रै जस्ता छन्। आफ्नो चल्दै गरेको व्यवसाय-सेयर कारोबारहरू तथा जग्गा जमिनका काम पनि सावधानीपूर्वक गरेमा प्रसस्त लाभ कमाउने स्थिति छ। कार्यक्षेत्रमा सहकर्मीहरूसँग विवाद पर्न सक्ने हुनाले संयमित हुनुपर्ला। दशम शनि आंशिक लाभप्रद रहला। राजकीय कार्य वा सरकारी कुनै जागिरमा प्रोन्नति कारक पनि हुनसक्ने देखिन्छ । राहु-केतु दुबै अनुकूल हुनाले बेलाबेलामा लाभ प्राप्त हुने क्रम रहला। कठिन समयमा मित्र सहयोग प्राप्त हुनाले मनमा केही शान्ति प्राप्त होला। कुटुम्बवृद्धि पनि हुने देखिन्छ । बृहस्पतिको अनुकूलतका लागि व्रत-जप तथा केही मांगलिकादि कार्य गरेमा निकै लाभ प्राप्त होला। सन्तान पक्षबाट शुभसमाचार प्राप्त हुनाले मन प्रसन्न रहला। वैशाख, भाद्र, पौष महिना तुलनात्मक रूपमा कष्टकारक हुने छन् भने कार्त्तिक, माघ र फाल्गुन महिना शुभ छन्।

karkat1
कर्कट राशि
(ही हू हे हो डा डी डु डे डो

तपाईँका ग्रह मध्यम मात्र छन् । बाह्रौँ गुरु अपव्ययकारक हुन सक्ला अतः अपव्ययबाट सावधान हुनुपर्ला । नवम शनि धार्मिक कृत्यमा अवरोधकारक हुने हुनाले विशेष विचार गर्नु राम्रो होला। आठौं राहु शरीरमा कष्टकारक हुनाले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ला। आफन्तजनबाट पनि धोका हुनसक्ने हुनाले सावधान हुनुहोला । कुनै ऋण लिनु दिनुबाट जोगिनु उचित रहला। नविन कार्य गर्दा विशेष सावधान हुनु जरुरी देखिन्छ । यदाकदा आकस्मिक लाभ होला। रोकिएको वा विवादित सम्पत्ति प्राप्त हुनाले मन प्रसन्न होला। भाग्येशको अनुकूलताले अप्रत्यासित लाभ मिल्ला। साथै सन्तानबाट पनि सुखद समाचार पाइएला । पानी वा पानीजन्य पदार्थबाट हानी हुन सक्ने संभावना रहने छ । वर्षका जेठ, मंसिर, माघ महिना अशुभ छन् भने वैशाख, असार र आश्विन महिना तुलनात्मक रुपमा शुभ छन् ।

singh1
सिंह राशि
(मा मी मू मे मो टा टी टू टे

ग्रह स्थिति साधारण मात्र छन्। गुरुको यस वर्षको सञ्चार तपाइँका लागि त्यति अनुकूल छैन। आफ्नो व्यवसायबाट हानि, स्वास्थ्य बाधा, पढाइ लेखाइमा अरुचि आदि होला। शनिको अढैया दशा राम्रो हुँदैन यसले मानसम्मानमा आघात, काम कार्यमा ढिलासुस्ती, व्यर्थको यात्रा नचाहिँदो खर्च आदि गराउने र आफ्ना आफन्तसँग पनि मनमुटाव आदि गराउने हुनाले मन खिन्न रहला। व्यय नियन्त्रणमा निकै जोडबल गर्नुपर्ला । सातौं राहु दाम्पत्य स्वास्थ्य वाधाकारक हुनसक्छ। नविन गर्भमा समस्या आउन सक्ने स्थिति रहने वा स्त्री जातिमा गर्भाशय सम्बन्धि बिकार उत्पन्न हुन सक्ने भय रहेको छ । विशेष वातव्याधि, ग्यास्ट्रिक, नशा सम्बन्धी रोग, वायु विकार आदिले कष्ट देला । दुर्व्यसनमा फसाउने पनि देखिन्छ । मित्र समागम सहयोगले केही पुरानो कार्य भने सम्भव हुने देखिन्छ । सत्ता वा सेयर बजारबाट टाढै बसेको राम्रो । यस वर्षका जेष्ठ, श्रावण, मार्ग मास अनिष्ट छन् भने असार र कार्तिक महिना शुभ छन् ।

kanya1
कन्या राशि
(टो पा पी पू ष ण ठ पे पो

तपाइँका ग्रहगोचर सामान्यत राम्रा नै छन्। गुरुको सञ्चार तपाइँका पक्षमा रहला। धार्मिक र आध्यात्मिक उन्नतिको कारक बन्ला। मातापिताका साथमा तीर्थयात्राको योग पनि छ। भाग्यले पनि निकै साथ देला। छैठौँ शनि रोग तथा शत्रु नाश गर्ने होला। कुनै पुरानो विवाद आफ्नो पक्षमा रहला। नयाँ व्यवसायको सम्भावना पनि देखिन्छ। सेयर कारोबार तथा व्यवसायमा पनि लाभ देखिएला । गाडी वाहन वा घर घडेरी पनि जोडिन सक्ला । विद्यार्थी वर्गको परिश्रम सफल होला। राहु छैठौं हुनाले शत्रु नाश गर्ने योग छ । भाइ बन्धु वा मित्र सहयोगले पुराना र वादित काम कार्य सम्पन्न हुनेछन्।  १२औं केतु अपव्ययकारक हुन सक्ला । व्यय नियन्त्रणमा निकै जोडबल गर्नुपर्ला। सन्तुलित व्यवहारले सामाजिक र धार्मिक क्षेत्रमा यश प्राप्त होला । असार र मंसिर महिना विशेष फलदायी हुने देखिन्छ भने वैशाख, पुष र चैत्र महिनामा विशेष सावधान हुनुपर्ने देखिन्छ।

tula1
तुला राशि
(रा री रू रे रो ता ती तू ते

तपाईंका ग्रह उत्तम छन्। गुरुको अनुकूलताले धार्मिक तथा आध्यात्मिक प्रगति होला। घरमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने देखिन्छ। मातापिताका साथमा तीर्थयात्राको योग पनि बन्नेछ। बाणीको उचित र संयमित उपयोगले निकै लाभ मिल्ला। दाम्पत्य जीवन सुमधुर रहला। परस्परको विचार विनिमयद्वारा गरिएका कामहरु अवश्य सफल होलान् । पञ्चम राहु अध्ययन अध्यापन र सन्तान पक्षमा केही व्यवधानकारक होला। वर्षारम्भको छैठौं शनि रोग र शत्रुनाशक भई सुखकारक रहला। आकस्मिक धनलाभ पनि गराउला। विचारपूर्वक गरिएको सेयर कारोबारबाट निकै लाभार्जन गर्न सकिन्छ। विद्यार्थीहरूले उचित प्रतिफलका लागि विशेष परिश्रम गर्नुपर्ला अन्यथा रोकावट आउने देखिन्छन् । जागिरदारलाई कार्यस्थलमा विवाद वा अपमान आदिको सामना गर्नुपर्ने देखिन्छ। माघ, फागुन र चैत्र महिना शुभ देखिन्छन्।

vrishchik1
वृश्चिक राशि
(तो ना नी नू ने नो या यी यू

तपाईंका ग्रह गोचर राम्रा नै छन्। शनिको सञ्चार तपाइँलाई मध्यम फलदायी रहने देखिन्छ। पठनपाठनमा अस्तव्यस्तता, दैनिक जीवनका कामहरूमा चिन्ता त्रास आदिको सामना गर्नुपर्ला। साझेदारीको व्यवसायमा वादविवाद आइपर्न सक्छ। कष्ट साध्य यात्राको योग पनि देखिन्छन्। वर्षारम्भमा सप्तम बृहस्पति सुखद दाम्पत्य जीवनको कारक रहनेछ। परस्परको विचार विमर्शद्वारा गरिएका कामहरू पूरा हुनेछन्। राहु चौथो हुनाले माताको स्वास्थ्यमा बाधा देला। भूमिवाहन आदिको परेशानी आइलाग्ला। गाडी चलाउनेहरुले विशेष सावधानी अपनाउनु पर्ला। जमिनको व्यवसायमा अनेक बाधा उत्पन्न हुनेछ। दशौँ केतुले राज्यकार्यमा समस्या देखाउनेछ। जागिरेको स्थानान्तरणको योग छ। वैदेशिक कार्यमा भने सफलता पाउन सकिन्छ। तुलनात्मक रुपमा भाद्र, आश्विन र फागुन महिना शुभ देखिन्छन्।

dhanu1
धनु राशि
(ये यो भा भी भू धा फा ढा भे

तपाईंका ग्रह गोचर सामान्य मात्र देखिन्छन्। गुरुको सञ्चार मिश्रित फलदायी रहला। यदाकदा रोग शोकको परिस्थिति पनि आउन सक्छ सावधान रहनुहोला। व्यर्थ चिन्ताले मन विचलित रहन सक्छ। शनिको अढैया दशा पनि राम्रो छैन। वादविवाद, अनावश्यक यात्रा, खर्च, अवाञ्चित विवाद र झमेला रहन सक्छ। विद्यार्थी वर्गलाई पनि निकै परिश्रमले मात्र सफलता मिल्ला। आत्मबलको अत्यन्त आवश्यकता छ। तेस्रो राहु केही अनुकूल होला। गरेका काममा केही मात्रामा सफलता पनि प्राप्त हुन सक्छ तर नवौं केतु भाग्य हानिकारक रहला। प्राप्त भएको सम्मान पनि खोसिन सक्छ। धार्मिक कार्यमा अवरोध आउला। अवान्चित दुःख परेशानी आइपर्ने हुनाले आत्मसम्यम हुनुहोला। तुलनात्मक रुपमा श्रावण, पौष र फाल्गुन महिना राम्रा छन्।

makar1
मकर राशि
(भो जा जी खी खू खे खो गा गी

तपाईंका ग्रह स्थिति सामान्य राम्रा नै छन्। बृहस्पतिले वर्षमा धेरैपल्ट राशि सर्ने हुनाले मिश्रित फल दिनेछन् । कार्तिक र मङ्सीर महिनामा गुरुको अनुकूल समयमा केही आर्थिक लाभ होला। बौद्धिक उन्नति होला। शैक्षिक प्रगति होला। दाम्पत्य सुख मिल्ला। धर्मकर्म, तीर्थयात्रा पनि हुन सक्ला। सन्तान पक्षबाट पनि सन्तोषजनक स्थिति रहला। तेस्रो शनि आत्मबल र पराक्रमको वृद्धि गराउने, शत्रुनाश गर्ने र यदाकदा पद प्रतिष्ठा आदि दिलाउने पनि होला। कठोर कार्यमा सफलता पनि पाउने देखिन्छ। जेठबाट राहु दोस्रोमा छ यसले धनको हानि पनि हुनसक्ने हुनाले कुनै नविन योजनामा हात नराख्नु नै राम्रो होला। आठौं केतु स्वास्थ्य क्षेत्रमा बाधा रहला। अनिष्ट बुद्धि पलाउने योग देखिन्छ अन्य महिनाभन्दा कार्तिक, पुस र चैत शुभ छन् तर असार, साउन र मङ्सिर महिना भने त्यति शुभ छैनन्।

kumbha1
कुम्भ राशि
(गू गे गो सा सी सू से सो दा

तपाईँका ग्रह गोचर मध्यम छन्। संघर्षको स्थिति होला। शनिको अन्त्य साढे साती दशा हुनाले त्यति राम्रो समय देखिँदैन। सन्तानबाट असन्तोष, हानि नोक्सानी, मिथ्या प्रचार, व्यर्थ गमन, अपव्यय र शत्रु सामना, अनावश्यक डरत्रासले मनमा भएको प्रकोप आदि अवान्छित स्थितिको सामना गर्नुपर्ला। गुरुको आंशिक सकारात्मकताले  पठनपाठन र बौद्धिक कार्यमा केही प्रगति र सफलता मिल्नेछ। गरिरहेको व्यवसायका साथै घरजग्गा आदिको कामबाट आंशिक सफलता मिल्नेछ। जागिर र व्यापार मध्यम छ। न्याय र वैदेशिक मामलामा आंशिक सफलता मिल्नेछ। धार्मिक यात्राको योग बन्नेछ। घरमा कुनै माङ्गलिक कार्यको पनि सम्भावना देखिन्छ। तुलनात्मक रूपमा वैशाख, मङ्सिर र पुस महिना सफल हुने देखिन्छ भने जेठ, असार र फागुन महिना अनुकूल छैनन्।

meen1
मीन राशि
(दी दू थ झ ञ दे दो चा ची

तपाईंका ग्रह गोचर सामान्य जस्ता छन्। बाह्रौँ केतु र शनिको मध्य साढे साती दशा हुनाले मानसिक अशान्ति, कामकार्यमा अरुचि, कृषि तथा पशु चौपायाबाट हानि, बाहन दुर्घटना, यश, आत्मबल, इच्छाशक्ति, मान प्रतिष्ठा आदिमा ह्रास आउन सक्नेछ। अनावश्यक र व्यर्थको यात्रा, स्वजनको सहयोग र सद्भावमा पनि कमी आउला। भित्र कतै अज्ञात भयले सताउला । गुप्त शत्रु क्रियाशील हुन सक्नेछन्। गुरुको राशि सञ्चार मिश्रित फल दिने देखिन्छ। नविन प्रेम र विपरित लिङ्गी प्रणय सुख मिल्नसक्ने छ। श्रमिक, वैतनिक तथा व्यावसायिक मार्ग केही सफल छ। न्याय तथा वैदेशिक क्षेत्रमा आंशिक फल मिल्ला । राहुको प्रभावले रक्त जनित विकारको संभावना रहनक्ला । यो वर्षका वैशाख, कार्तिक र फागुन महिना अशुभ छन् भने जेठ, पुस र माघ महिना शुभ देखिन्छन्।