हाम्रा सेवाहरुः

3 mukhi final
किन्नुहोस्
4 mukhi final
किन्नुहोस्
5 mukhi final
किन्नुहोस्
6 mukhi final
किन्नुहोस्

रुद्राक्ष पेंडेण्ट

रुद्राक्ष एउटा पवित्र एवम् आध्यात्मिक उर्जाको समिश्रण हो ।  यसलाई भगवान शिवको आँशुका रूपमा मानिन्छ, त्यसैले यसलाई "रुद्र" (शिव) र "अक्ष" (आँसु) शब्दको संयोजनबाट नाम दिइएको हो।


Rudraksha Pendants
  • रुद्राक्ष किन धारण गरिन्छ?
  •  
  • रुद्राक्ष धारण गर्नुका कारणहरू धार्मिक, आध्यात्मिक र वैज्ञानिक रूपमा जोडिएका छन्।
आध्यात्मिक लाभ:
भगवान शिवको कृपा प्राप्त हुने विश्वास गरिन्छ। मनको शान्ति, ध्यान केन्द्रित गर्न, र नकारात्मक ऊर्जा हटाउन मद्दत गर्छ। आध्यात्मिक उन्नति र ध्यानमा सहायक हुन्छ। 
  • स्वास्थ्य लाभः
  • रुद्राक्षको बीउबाट विद्युतचुम्बकीय शक्ति उत्पन्न हुने बताइन्छ, जसले मानसिक तनाव घटाउन र शारीरिक ऊर्जा बढाउन मद्दत गर्दछ।  हृदय, मस्तिष्क, र नाडी सम्बन्धी रोगहरू कम गर्न उपयोगी मानिन्छ। 
  • नकारात्मक ऊर्जा हटाउने: 
  • यसले नकारात्मक ऊर्जा, दृष्टिदोष, र अशुभ प्रभावबाट जोगाउने विश्वास गरिन्छ।  सकारात्मकता र आत्मविश्वास वृद्धि गर्छ। 
  •  ज्योतिषीय लाभ:
  •  ग्रह दोष शान्त गर्न र जीवनमा समृद्धि ल्याउन मद्दत गर्दछ। यसलाई विशिष्ट राशी र समस्याका आधारमा धारण गर्न सल्लाह दिइन्छ। 

रुद्राक्ष कसरी धारण गर्नेः 

रुद्राक्षमा विभिन्न मुख (मुखी) हुन्छन्, जसले फरक-फरक लाभ प्रदान गर्छन्।

रुद्राक्ष शुद्धता र श्रद्धाका साथ धारण गर्नुपर्छ।  विशेष दिन (जस्तै सोमवार वा शिवरात्रि) मा, पूजा गरेर रुद्राक्षलाई धारण गरिन्छ।

सही विधि र मन्त्र (जस्तै "ॐ नमः शिवाय") को उच्चारणसँगै प्रयोग गर्न सल्लाह दिइन्छ।

ध्यान दिनुपर्ने कुराः रुद्राक्षलाई आफ्नो उद्देश्य र आवश्यकता अनुसार उचित परामर्शका आधारमा मात्र धारण गर्नु उपयुक्त हुन्छ।